आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तङग्रामका एक युवाको स्वाब लिइयो

तङग्रामका एक युवाको स्वाब लिइयो


  • ढोरपाटन संबाददाता
  • चैत्र १८ २०७६, मंगलबार

बागलुङ, १८ चैत – काठेखोला गाउँपालिका–४ तङग्रामका एक युवाको कोरोना परिक्षणको लागि स्वाब लिईएको छ । स्पेन हुँदै चैत ७ गते कतार एयरवेजको क्यूआर ६५२ बाट काठमाडौं आएका युवा चैत ९ गते आफ्नो घर आएका थिए । मंगलबार स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्ली प्रसाद आचार्य र स्वास्थ्य कार्यालय बागलुङका कोल्ड चेन असिस्टेन्ट विरेन्द्र कुमार चौधरी युवाको घरमै पुगेर स्वाब संकलन गरेका हुन । उनीमा कोरोना सम्बन्धी लक्षणहरु नदेखिएपनि कोरोना संक्रमणको पुष्टी भएकी बागलुङकी युवती आएको जहाजमा आएको कारण परिक्षण गर्न लागिएको वडा अध्यक्ष केशरबहादुर थापाले बताए । उनलाई सतर्कताको लागि होम क्वारेन्टाईनमा राखिएको थियो । स्वाब परिक्षणको लागि बुधवार पोखरा पठाइने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->