खरबाङ, २४ चैत्र – रुखबाट लडेर बडिगाड गाँउपालिका-२ दनियामा एक जना घाइते भएका छन । सोमबार दिउसो बाख्रा चराउने र अचारकालागि कौरालको फुल टिप्नेक्रममा बडिगाड-२ को कोल भन्ने स्थानमा ३४ वर्षिय खिम बहादुर राना लडेका हुन । रुखबाट लडेका उनी सोहि स्थानमा बेहोस अवस्थामा थिए । दिउसो करिब साढे ४ बजे होसमा आएका उनलाई वडा अध्यक्ष ढाल प्रसाद शेरचनको पहलमा एम्बुलेन्स झिकाइ थप उपचारकोलागि पाल्पा पठाइएको छ ।





