आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म्याग्दी र बागलुङका नाकामा कडाई, सिमाक्रस गर्नेलाई रु ५ हजार जरिवाना

म्याग्दी र बागलुङका नाकामा कडाई, सिमाक्रस गर्नेलाई रु ५ हजार जरिवाना


  • ध्रुवसागर शर्मा
  • चैत्र २६ २०७६, बुधबार

म्याग्दी, २६ चैत – कोराना भाइरस (कोभिड(१९) को जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ ।
सीमानामा पर्ने म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जीतबहादुर खत्री लगाएत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु ५ हजार जरिवाना सहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका बागलुङले दुई वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र ५ हजार नगद जरिवाना गर्ने निर्णय भएको र सो निर्णय आज (मंगलबार)देखिनै कार्यान्वयन गरिएको मंगला गाउँपालिका ५ का वडाअध्यक्ष भुपेन्द्र खत्रीले जानकारी दिए ।
बैठकले गोरेटो र मोटरबाटोमा आवतजावत गर्न नदिने,निर्णयको अवज्ञा गरी लुकिछिपी हिड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस्नुका साथै रु पाँच हजार जरिवाना गरिने मंगला गाउँपालिकाका योजना शाखाका कर्मचारी सिजन रोकाले बताए ।
साथै बागलुङ तर्फबाट बिभिन्न नाकाबाट पैदल यात्रा मार्फत म्याग्दी प्रवेश भइरहेको गुनासो पछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->