शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दे गाउँपालिकाको कोषमा आदर्श क्लवको १५ हजार सहयोग

म्याग्दे गाउँपालिकाको कोषमा आदर्श क्लवको १५ हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७६, बुधबार

म्याग्दे, तनहुँ, २६ चैत – कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लाको म्याग्दे गाउँपालिकाले स्थापना गरेको राहत कोषमा यहाँको वडा नं. ४ मा स्थापित आर्दश नमुना क्लवले रु. १५ हजार सहयोग प्रदान गरेको छ । क्लबका अध्यक्ष गौरव रानाले पालिकाका उपाध्यक्ष बालकृण्ण घिमिरेलाई बुधवार सो रकम हस्तान्तरण गरेका हुन।
रकम ग्रहण गर्दै उपाध्यक्ष घिमिरेले स्थानीय युवाक्लववाट राहत कोषमा प्राप्त भएको सहयोग सकरात्मक भएको भन्दै कोरोना विरुद्धको लडाईमा साथ दिन सवैलाई आग्रह गरे । सो हस्तान्तरण कार्यक्रममा गाउपालिका अध्यक्ष माया देवि राना, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला लगायतको सामाजिक दुरी कायम गरेर यो रोगलाई जित्न सकिने भन्दै सवैलाई सचेत र सहज रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->