आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाडमा राहत कोष स्थापना, सहयोग गर्न अपिल

बडिगाडमा राहत कोष स्थापना, सहयोग गर्न अपिल

राहत वितरण सम्बन्धमा छलफल गर्न शुक्रबार सर्वदलिय सर्वपक्षिय बैठक


  • Dhorpatan News
  • चैत्र २७ २०७६, बिहिबार

बागलुङ, २७ चैत– बडिगाड गाउँपालिकाले कोरोना भाइरसबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई राहत प्रदान गर्ने उद्धेश्यले प्रकोप व्यावस्थापन कोष स्थापना गरेको छ । गाउँ कार्यपालिकाको तर्फबाट स्वास्थ्य बिमामा खर्च गर्नेगरि विनियोजन गरेको रकमबाट ९ लाख सो कोषलाई छुट्याउने निर्णय भएको गाउँपालिकाका सूचना अधिकारी थम्मन रेश्मीले बताए ।
यसअघि गण्डकी प्रदेश सरकारले हरेक गाउँपालिकामा राहतका लागि ५ लाख पठाउने निर्णय गरिसकेको छ । गाउँपालिकाले कोषमा सहयोग गर्न जनप्रतिनिधि, उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, राजनीतिक दल, सामाजिक संघसंस्थालाई अनुरोध समेत गरेको छ । पालिकाले राहत वितरण सम्बन्धमा छलफल गर्न शुक्रबार सर्वदलिय सर्वपक्षिय बैठक बोलाएको सूचना अधिकारी रेश्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->