बानपा-३ गौडाकोटमा नमूना परिक्षणका लागि तयार स्वास्थ्यकर्मी माथि र परिक्षणका लागि आएका स्थानीय तल ।
बागलुङ, २७ चैत – बागलुङमा कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) सुरु भएपनि संक्रमित महिला र युवतीको संम्पर्कमा रहेकाकाहरुको परीक्षण भने दुवै विधिबाट गरिने भएको छ । विश्वासनियताका लागि बानपा-३ गौडाकोट र बानपा-४ कुँडुलेमा दुवै विधीबाट नमूना परीक्षण गर्न लागिएको अञ्चल अस्पतालका प्रमुख डा. शैलेन्द्र वि पोखरेलले जानकारी दिए । गौडाकोट छैठौ संक्रमित महिलाको गाउँ हो भने कुँडुले पाँचौ संक्रमित युवतीको गाउँ हो । दुई संक्रमित पुष्टि भएसँगै बागलुङ जोखिमयुक्त जिल्लाको सूचीमा रहेको छ।
धौलागिरी अञ्चल अस्पतालबाट सुरु भएको दु्रत परिक्षण बिहिवार दिउसोबाट गौडाकोटको महिलाको सम्पर्कमा आएकाहरुको दुवै विधिबाट नमुना संकलन गरिएको छ । त्यहाँ छनौट गरिएका १७ जना मध्ये विहिवार ११ जनाको मात्रै नमूना संकलन गरिएको छ । उनीहरुको थे्रट स्वाव र रगत संकलन गरी दुवै विधि अपनाइएको डा. पोखरलले वताए । शुक्रवार कुँडुलेमा गरिने छ ।
यी दुई ठाउँ वाहेक ¥यापिड टेष्टका लागि जिल्लामा चार वटा टोली बनाएर सबै स्थानीय तहमा परिचालन गरिने जिल्ला कमाण्ड पोष्टले जनाएको छ । अबको पाँच दिन (बैशाख १ गते) सम्ममा जिल्लाको तथ्यांकमा रहेका शंकास्पद करिव ९ सयको परीक्षण सक्ने गरी योजना बनाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा कमाण्ड पोष्टका प्रबक्ता सुरज गरौले जानकारी दिए । बागलुङ जिल्लाका १० वटै पालिकामा शुक्रबारदेखि परीक्षण थालिने छ । जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएका करीव ९ सयको र्यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ ।
परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जना रहेका छन् । उनीहरुलाई पालिका स्तरमा बनाइएको क्वारेन्टाइनमै बोलाएर परीक्षण गरिनेछ ।
बागलुङ नगरपालिकामा चैत्र ३० गते सम्म, ढोरपाटन र तमानखोलामा २८ र २९, बरेङ गाउँपालिकामा चैत्र ३० र वैशाख १ गते, जैमिनी नगरपालिकामा चैत्र ३० गते, निसीखोलामा चैत्र २८ र २९ गते, काठेखोलामा चैत्र ३० गते, बडिगाडमा चैत्र २८ र २९ गते, गलकोट नगरपालिकामा र ताराखोलामा चैत्र ३० गते परीक्षण गरिनेछ ।
स्वास्थ्य मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहिवार बागलुङ, पर्वत र म्याग्दीका २५ जना स्वास्थ्य प्राबिधिकलाई प्रयोगात्मक परीक्षण सहित जानकारी गराएको थियो ।





