बागलुङ, २८ चैत – जिल्लाको बरेङ गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ८ मध्ये ७ जनाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको थ्रेट स्वावको नमूना बुधवार लिएर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पठाएका स्वावमध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले वताए ।
गाउँपालिकाले जनता प्रा.वि. नयाँ बजार र शारदा मावि हुग्दीशीर बजारमा निर्माण गरेको क्वारेन्टाईनमा भारतबाट आएका चार चार जनालाई राखेको थियो । जनता प्रा.वि.मा अर्का एकजना वुटवलबाट आएका रहेका छन् । उनको भने स्वाव संकलन गरिएको छैन । बरेङका ८ जना र संक्रमित युवतीको तेस्रो र महिलाको दोस्रो स्वाव गरी १० जनाको स्वाव बुधवार पोखरा पठाएपनि अरु तीन जनाको रिपोर्ट आउन बाँकी रहेको गुरौंले वताए ।





