म्याग्दे, (तनहुँ), २८ चैत्र – म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष खातामा नेपाली काँग्रेस म्याग्देले एक लाख रुपैया सहयोग गरेका छ । काग्रेँस म्याग्दे गाउँपालिका कार्य समितिले १ लाख १० हजार ३ सय १३ रूपैयाँ शुक्रबार कोभिड–१९ को रोकथामका लागि गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई हस्तान्तरण गरेको हो । काग्रेँस गाउँ इकाई सभापति रामबहादुर अधिकारीले उपाध्यक्ष घिमिरेलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
सो रकम वडा नं. १ बाट १० हजार १ सय ६०, वडा नं. २ बाट १३ हजार ६ सय ६५, वडा नं. ३ बाट २५ हजार ४ सय ८६, वडा नं.४ बाट २३ हजार ५, वडा नं. ५ बाट १५ हजार, वडा नं. ६ बाट ११ हजार र वडा नं. ७ बाट १२ हजार रूपैयाँ संकलन गरी हस्तान्तरण गरिएको सभापति अधिकारीले वताए।
म्याग्दे–४ थर्पुमा रहेको लक्ष्मी बैङ्कमा गाउँपालिकाले सञ्चालन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष खाता ०७८०३००००१९ मा सहयोग गरेको रकम जम्मा हँदै आएको छ ।
गाउँपालिकामा रकम हस्तान्तरण गर्दै नेपाली काग्रेँस सभापति अधिकारीले पार्टीका सबै सदस्यहरु कोरोना रोकथामका लागि गाउँपालिकालाई आवश्यक सहयोग गर्न तयार भएको बताए । यस्तो अवस्थामा आफु पनि बच्नु पर्ने र अरूलाई पनि बचाउनु पर्ने हुन्छ, अधिकारीले भने ।
त्यस्तै, गणेश आमा समूह, बेलटारले ५ हजार ५५ रूपैयाँ नगद सहयोग गरेको छ । समूहका अध्यक्ष विजया घिमिरे, सचिव सरस्वती घिमिरे र कोषाध्यक्ष रीता घिमिरेले गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई शुक्रबार सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा गाउँपालिका उपाध्यक्ष घिमिरेले कोभिड–१९ को रोकथाम, नियन्त्रणका लागि विभिन्न व्यक्ति, संस्था तथा पार्टीका नेता तथा कार्यकर्ताले साथ दिन आग्रह गरे । उपाध्यक्ष घिमिरेले भने, ‘सामाजिक दुरी कायम गरेर यस रोगलाई जित्न र सजग रहनु बाहेक अर्को विकल्प छैन ।’
यसैगरी, अकला मन्दिर संरक्षण समितिका पूर्व अध्यक्ष केशवराज वाग्लेले गाउँपालिका अध्यक्ष मायादेवी रानालाई २० हजार ५ सय ५५ रूपैयाँ, नेपाल रेडक्रस सोसाइटी थर्पु शाखाका कोषाध्यक्ष केशवराज घिमिरे र महिला जागरण आमा समूह धयरेका अध्यक्ष सिता अधिकारीले ५ हजार ५ रूपैयाँ हस्तान्तरण गरेका छन् । सहयोग गर्ने सबैलाई गाउँपालिका अध्यक्ष रानाले धन्यवाद दिँदै कोरोना रोकथामका लागि भएको लकडाउनलाई कार्यान्वयन गर्न आग्रह गरिन ।





