शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मन्त्रि त्रिपाठीसंग अध्यक्ष थापाको भिडियो कन्फ्रेन्स

मन्त्रि त्रिपाठीसंग अध्यक्ष थापाको भिडियो कन्फ्रेन्स

कोरोना रोकथाम अभियानमा सहकार्य गर्न पालिकाबासीमा अपिल


  • Dhorpatan News
  • चैत्र २८ २०७६, शुक्रबार

बागलुङ, २८ चैत– काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसंग भिडियो कन्फ्रेन्स गरेका छन् । कोरोना रोकथाम र लकडाउनका कारण पीडित नागरिकको अवस्थाबारे मन्त्री त्रिपाठीले देशका विभिन्न स्थानीय तहका प्रमुखसंग भिडियो कन्फ्रेन्स गरेका थिए । संबादको क्रममा गाउँपालिकामा गरिएका कामको बारेमा जानकारी गराएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । ‘मन्त्री ज्यूले पालिकाको बारेमा बुझनुभयो, यहाँ भएका गतिविधि मैले जानकारी गराएको छु’ प्रमुख थापाले भने– ‘पालिकाको कार्यप्रगति सुनेर मन्त्रीज्यू खुसी हुनुभयो ।’
मन्त्री त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेको र संघ सरकारले प्रदेश सरकारमार्फत स्थानीय सरकारलाई सघाउन तयार रहेको बताएको थापाले बताए । मध्यपहाडी लोकमामार्ग निर्माणाधिन रहेको कारण त्यहाँ कार्यरत मजदुर अलपत्र परेको र उनीहरुलाई समेत पालिकाले राहत दिनुपरेको जानकारी गराएको थापाले बताए । स्थानीय तहभन्दा बाहिरबाट आएका मजदुरको लागि सरकारले सोच्ने आश्वासन पाएको उनले बताए ।
यसैबीच, शुक्रबार अध्यक्ष थापाले काठेखोला गाउँपालिकाबासीको नाममा अपिल गर्दै कोरोना संक्रमणको जोखिम रोकथामको लागि पालिकाले गरेको अभियानलाई सफल बनाउन आग्रह गरेका छन् । थापाले विपन्न र मजदुरहरुलाई राहत वितरणको लागि स्थापना गरेको राहत कोषमा सहयोग गर्न समेत सबैलाई अपिल गरेका छन् । विदेशबाट आएका नागरिकलाई गाउँपालिकाको सम्पर्क आउन आग्रह गर्दै कोरोनाको लक्षण देखिएमा टेष्ट गरी ढुक्क हुन समेत अध्यक्ष थापाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->