शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीका सबै स्थानीय तहमा कोरोना भाइरसको र्र्‍यापिड टेष्ट गरिने

म्याग्दीका सबै स्थानीय तहमा कोरोना भाइरसको र्र्‍यापिड टेष्ट गरिने


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७६, शनिबार

बेनी, २९ चैत – म्याग्दी जिल्लाका सबै स्थानीय तहको केन्द्रमा कोरोना भाइरस संक्रमणको र्‍यापिड टेष्ट गरिने भएको छ । जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार सवै ठाउँमा गर्न लागिएको हो । चैत्र महिनायता विदेशबाट आएकाबाट शनिबार दिउँसोदेखि बेनी नगरपालिका मा  सुरु हुने टेष्टको आवश्यक तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय बेनीका प्रमुख एकनारायण लम्सालले बताए।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी जिल्ला बागलुङमा दुई जना संक्रमित भेटिएसँगै बेनी अस्पतालले समुदायस्तर (मास स्केल)मा गरिने टेष्टमा बेनी नगरभित्रका ३८ जनालाई सम्पर्क गरिएको छ ।
‘सम्पर्कमा नरहेका केहीलाई वडा अध्यक्षमार्फत जानकारी पठाइएको छ, लम्सालले भने , ‘विदेशबाट आएकोको रिर्पोट अनुसार थप परीक्षण गर्नेछौ ।’ जिल्लामा रघुगंगा ३६ जना, मंगला ३४ जना,  मालिका ११,  अन्नपूर्ण १२ र धवलागिरी गाउँपालिकामा १५ जना चैत्र महिना यता विभिन्न देशबाट आएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->