बागलुङ, २९ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दु्रत परिक्षण (र्यापिड टेष्ट) विधीका वारेमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालको प्राविधिक टोलीले तालिम दिएको छ ।
गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीलाई गल्कोटको हटिया स्वास्थ्य चौकीमा र काठेखोला गाउँपालिकाको टोलीलाई पालिकाको स्वास्थ्य शाखामा शनिवार तालिम दिइएको धौलागिरी अञ्चल अस्पतालका सुपरभाइजर देवप्रकास घिमिरेले वताए । गल्कोटमा ९ जना र काठेखोलामा ३ जना स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिईएको हो ।
कोरोना भाइरस सक्रमणको नमूना परिक्षणको कामलाई सहज र छरितो रुपमा समपन्न गर्न तालिम दिईएको हो । तालिममा स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौं र धौलागिरी अञ्चल अस्पतालका ल्याब टेक्नोलोजिष्ठ सुरज बरालले सहजीकरण गरेका थिए ।
स्वास्थ्य मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहिवार बागलुङ, पर्वत र म्याग्दीका २५ जना स्वास्थ्य प्राबिधिकलाई प्रयोगात्मक परीक्षण सहित तालिम दिएको थियो । जिल्लामा तालिम लिएको टोलीले स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिएका हुन् ।





