आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ र म्याग्दीमा चट्याङबाट घाईतको अस्पतालमा उपचार हुँदै

बागलुङ र म्याग्दीमा चट्याङबाट घाईतको अस्पतालमा उपचार हुँदै

बागलुङमा एकको मृत्यु र ६ घाइते, म्याग्दीमा दुई घाईते


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७६, शनिबार

बागलुङ, २९ चैत – बागलुङमा शनिवार दिउसो चट्याङ लागेर घाईते भएका ४ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । बागलुङ नगरपालिका– १३ पाग्जा, ढाँड पहरेमा चट्याङ परेको थियो । चट्याङबाट पाग्जाका पण्डित परशुराम रिजालका छोरा २६ बर्षिय शंकर रिजालको अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको छ । चट्याङ लागेर उनीसंगै २० बर्षिय रेश्मी भट्ट घाईते भएका छन् । उनको छिमेकीको एउटा भैसी मरेको छ ।
अन्य घाईते सोही वडा ढाँडका ४ जनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । घाइतेहरु ७३ बर्षिय तारावहादुर हरिजन, ४१ बर्षिय कोपिला हरिजन, २२ बर्षिय लक्ष्मी हरिजन र ६२ बर्षिय फुलमती हरिजनको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको आम्बोटमा शनिवार साढे ४ बजे चट्याङ लागेर दुईजना घाईते भएका छन् । चट्याङ लागेर स्थानीय चित्र बहादुर घिमिरे र उनकी छोरी सोविता घिमिरे भएका भएका स्थानीय काँशिराम घिमिरेले जानकारी दिए । घिमिरेले दिएको जानकारी अनुसार घाइते दुबैजनालाई उपचारका लागि बेनी अस्पतालमा लगिएको छ ।
चट्याङका कारण दुई घर चर्किएका छन् भने लाल बहादुर घिमिरेको गोठमा रहेको राँगो समेत मरेको स्थानीय नारायण घिमिरेले बताए ।
एनसेलको टावर आसपासमा रहेको रत्न बहादुर घिमिरे, दैकुमारी सापकोटा, भिम बहादुर घिमिरे, चित्र बहादुर घिमिरे, हरिलाल घिमिरे लगाएत आसपासका क्षेत्रमा रहेका घरहरुको विद्युत् मिटरबक्स, तार, ब्याट्री, मोबाईल जलेको स्थानीयले बताएका छन् । चट्याङले ठूलो आवाजसँगै परेको चट्याङ आसपासमा आगोको मुस्लो देखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->