बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विशाल चट्टानमा दुर्गा भगवतिको मन्दिर निर्माण

विशाल चट्टानमा दुर्गा भगवतिको मन्दिर निर्माण


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७६, आइतबार

म्याग्दी, ३० चैत– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा चट्टानमा दुर्गा भगवतिको मन्दिर निर्माण गरिएको छ । जिल्ला वन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार, जिल्ला मालपोत कार्यालयको १० हजार, बेनी नगरपालिकाको ५ लाख, बालुवा, गिटी र ढुङ्गा बिक्रिबाट २० हजार, देश–विदेशमा रहेका बगरफाँटबासीहरुको ७ लाख ५० गरी १७ लाख ३५ हजारमा मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण गरी बँचेको रकम नियमित पूजा संचालनका लागि अक्षयकोष स्थापना गरिने मन्दिर निर्माण समितिका संयोजक नारायण कार्कीले जानकारी दिए ।
गजुर शैलीमा निर्मांण गरिएको सो मन्दिर समथर फाँटका बीचमा रहेको विशाल चट्टानमा निर्माण गरिएको छ । सो चट्टानको तीन रोपनी क्षेत्रफल रहेको छ । मन्दिरसम्म पुग्न सिंडी निर्माण गरिएको छ । सिंडी पाञ्चायन देवताका मुर्तिहरु राख्नका लागि पाँचवटा स–साना अरु मन्दिरहरु पनि निर्माण गरिएको छ । विभिन्न दाताहरुबाट पाञ्चायन देवताका मुर्ति खरिदका लागि सहयोग प्राप्त भएको संयोजक कार्कीले जानकारी दिए ।
त्यसैगरी, दुर्गा भगवति मन्दिर निर्माण, पूजा संचालन र अक्षयकोष स्थापनाका लागि संयोजक कार्कीले देश विदेशमा रहेका बगरफाँटबासीलाई आग्रह गरेर ७ लाख १५ हजार रुपैयाँ जम्मा भएको र सहयोग आउने क्रम अझै जारी रहेको बताए । मन्दिर पर्यापर्यटनका लागि महत्वपूर्ण रहेको म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए । लकडाउन खुलेपछि उपयुक्त समयमा मन्दिरको उद्घाटन तथा मूर्तिहरुको प्राणप्रतिष्ठा गरिने संयोजक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->