शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङको र्‍यापिड टेष्टमा एक जना शंकास्पद

बागलुङको र्‍यापिड टेष्टमा एक जना शंकास्पद

प्रजिअ सैजु भन्छन्– ‘थप चेकजाँच भएपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ’


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७६, आइतबार

बागलुङ, ३० चैत– कोरोनाको परीक्षणका लागि बागलुङमा भैरहेको र्‍यापिड टेस्टका क्रममा काठेखोला गाउँपालिकामा एक जना कोरोना पोजेटिभको शंकास्पद फेला परेका छन् । तिर्थयात्रामा भारत गएर फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ बर्षिया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राबिधिकहरुले जनाएका छन् ।
‘एक जनामा कोरोना भाइरसको शंका देखापरेको जानकारी आएको छ, त्यसको पुष्टिका लागि काम भैरहेको छ’ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने ‘हाम्रा साथीहरु काम गरिहरेका छन् । थप चेकजाँच भएपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ ।’ संक्रमणको शंका देखिएकी महिलाको परिवारलाई क्वारेन्टाईनमा राख्ने प्रयास थालिएको छ ।
यो समाचार तयार पार्दासम्म जिल्लाभर ३ सय ८६ जनाको ¥यापिड टेष्ट किटद्वारा कोरोनाको परीक्षण भएको छ । ‘किटले पोजेटिभ वा नेगेटिभ देखाए पनि परीक्षण भएकामध्ये १० प्रतिशतको स्वाब समेत संकलन गर्ने भन्ने निर्देशन छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने ‘शंकास्पद सबैको थ्रेट स्वाबनै परीक्षण भएपछि मात्रै कोरोना भए नभएको जानकारी हुन्छ ।’ जिल्लाका दशवटै स्थानीय तहमा स्वास्थ्य प्राबिधिक खटाएर बिदेशबाट आएका र शंकास्पद बिरामीहरुको जाँच भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->