शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शंकास्पद बिरामी क्वारेन्टाईन ल्याउन मानेन एम्बुलेन्स

शंकास्पद बिरामी क्वारेन्टाईन ल्याउन मानेन एम्बुलेन्स

प्रहरीले पु¥यायो पालिकाले निर्माण गरेको भिमसेन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०७७, सोमबार

बागलुङ, १ बैशाख – कोरोना भाईरसको द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट)का क्रममा कोरोना पोजेटिभ देखिएकी बागलुङको काठेखोला गाउँपालिका-६ बिहुँकी ६५ बर्षिया महिला र उनका छोरालाई क्वारेन्टाईनमा राखिएको छ । तिर्थयात्राका लागि भारत गएकी यी महिला चैत ६ गते चितवन हुँदै घरमा आएकी थिईन् ।
गाउँपालिकाको पहलमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले उनीहरुलाई पालिकाले निर्माण गरेको भिमसेन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखेको हो । प्रहरी निरीक्षक हेम केसी सहित बिहुँ पुगेको प्रहरीको टोलीले आवश्यक सुरक्षा सावधानी सहित उनीहरुलाई घरबाट क्वारेन्टाईनसम्म ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
कोरोनाको शंका देखिएकी महिलालाई क्वारेन्टाईनमा ल्याउनका लागि गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटी बिहुँ उपशाखाको एम्बुलेन्स तयारी अवस्थामा राखेको थियो । अन्तिम समयमा एम्बुलेन्स चालक बिरामी ल्याउन तयार नभएपछि प्रहरीको टोलीले उनीहरुको उद्धार गरेको हो ।
जिल्ला कमाण्ड पोष्टले यस अघिनै जिल्लामा रहेका सबै एम्बुलेन्सहरुलाई सुरक्षा सावधानिका लागि पार्टेशन गरेर तयारी अवस्थामा राख्न परिपत्र गरेको थियो । गाउँपालिकाले लकडाउन र कोरोनाको त्रास अबधिभर शंकास्पद बिरामीहरु निशुल्क बोक्ने गरी रेडक्रससँग सम्झौता गरेको थियो । संक्रमण पुष्टि भएका बिरामी बोक्नको लागि नभए पनि अरु बिरामीको लागि एम्बुलेन्स तयारी अवस्थामा राख्न सुबिधा सहितको सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।
‘चालकको तलव, फ्युल, र मेण्टेनेन्स बेहोर्नेगरी सम्झौता भएको थियो तर उहाँहरुले धोका दिनुभयो’ गाउँपालिकाका अध्यक्ष अमर थापाले भने ‘हामीले आजैदेखि सम्झौता रद्ध गरेर अर्को व्यवस्था गर्छौं ।’ गाउँपालिकाले तयार पारेको एम्बुलेन्सले बहानाबाजी गरेपछि आईतवार राती मात्रै प्रहरीले उनीहरुलाई क्वारेन्टाईनसम्म पु¥याएको थियो ।
एम्बुलेन सञ्चालक रेडक्रसको विहुँ शाखा र चालक दुवैले एम्बुलेन्स बिग्रिएको भनेका थिए । ‘एम्बुलेन्स विग्रीएको भए पहिलेनै जानकारी दिनुपर्छ ।’ उनले भने, ‘एम्बुलेन्स विग्रीएको होइन, विरामी बोक्नुपर्छ भनेर तर्कने प्रयाश गरिएको हो, हामी सम्झौता तोडेर कारवाहीमा लाग्छौं ।’
यसअघि कोरोना संक्रमण पुष्टी भएका युवती र वृद्ध महिलालाई अस्पतालसम्म ल्याउन समस्या आएपछि जिल्लाका एम्बुलेन्स चालकलाई तालिम दिईएको भएपनि अन्तिम समयमा चालकको कारणले समस्या देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी नवराज भट्टले जानकरी दिए । एम्बुलेन्सले बिरामी बोक्न नमान्नुको कारण बारेमा जानकारी लिन रेडक्रस उपशाखा बिहुँका सभापति श्रीप्रसाद न्यौपानेलाई टेलिफोन सम्पर्क गर्दा उहाँको फोन उठेन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->