आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङकी गर्भवती महिलाको अस्पताल नपुग्दै मृत्यु

बागलुङकी गर्भवती महिलाको अस्पताल नपुग्दै मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०७७, सोमबार

पोखरा, १ बैशाख – हेलिकप्टर चाटर्ड गरि पोखरा ल्याइएकी बागलुङकी गर्भवती महिलाको अस्पालल नआईपुग्दै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकप्टरबाट पोखरा ल्याईंदै थियो ।
गण्डकी अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यका अनुसार, उनको अस्पताल नआउँदै मृत्यु भईसकेको थियो । सामाजिक विकास मन्त्रालय गण्डकीको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरि पोखरा ल्याईंदै थियो । तर, अस्पताल ल्याउँदा उनको मृत्यु भईसकेको अस्पतालका निर्देशक डा. आचार्यले जानकारी दिए । मृतक भुषाललाई बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट उद्धार गरी हेलिकप्टरमार्फत पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->