शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलाको राहत कोषमा शिक्षकहरुले दिए साढे १० लाख

काठेखोलाको राहत कोषमा शिक्षकहरुले दिए साढे १० लाख


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७७, शुक्रबार

बागलुङ, ५ बैशाख – काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन कोषमा पालिकाका भित्रका शिक्षकहरुले एकमुष्ठ साढे १० लाख रुपैयाँ जम्मा गरेका छन् । शिक्षकहरुले आफुहरुले पाउने चैत महिनाको तलबबाट एकमुष्ठ रु. १० लाख ७३ हजार ३ सय ३९ रुपैयाँ जम्मा गरेका हुन् ।
पाकिाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको चैत्र महिनाको तलववाट मावि तहसरह तलवभत्ता पाउनेको हकमा ५ दिन वरावरको र आधारभूत विद्यालय तहको तलवभत्ता पाउने शिक्षकहरुको हकमा ३ दिन वरावरको तलब रकम राहत कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत खिमवहादुर विश्वकर्माले वताए । यसमा स्केल बमोजिम तलवभत्ता नभएका बालबिकास केन्द्रका सहजकर्ता, विद्यालयका सहयोगी र लेखापालको रकम भने समावेश छैन् । गाउँपालिकाको उक्त कोषमा पालिकामा कार्यरत कर्मचारीहरुले यस अगाडि नै तह अनुसार ५ दिन र ३ दिन बराबरको तलव रकम जम्मा गरिसकेका छन् । पालिकाको राहत कोषमा रकम सहयोग गर्ने दाताहरु बढिरहेको प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->