म्याग्दी, ६ बैशाख – म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीबाट बिहीबार दुई जना चिनिया पर्यटकको उद्धारगरी प्रहरीको जिम्मा लगाइएको छ । कोरोना रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)को समयमा घोडेपानीमा घुम्दै गरेका एक पुरुष र एक महिला चिनियाँ नागरिकलाई स्थानीय होटल व्यवसायीले प्रहरीको जिम्मा लगाएका हुन् ।
पि ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन र जि ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङ को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए । सन २०२० मार्च १० तारिकका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हुदै घोडेपानी आइपुगेका हुन् । उनीहरुलाई घोडेपानीबाट भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउपालिकाले स्थापना गरेको क्वारेन्टिन (एकान्तबास)मा राखिएको प्रनि शर्माले बताए ।
एकान्तबासमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परिक्षण गरेर चिनिया राजदुतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । लकडाउनकै अवधिमा अन्नपूर्ण गाउपालिका–१ बेगमा दुई जना चिनिया र बेनी नगरपालिका–६ गुफाबाट एक जना दक्षिण कोरीयाका पर्यटकको उद्धार गरिएको थियो ।





