आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्रीले दिए चिकित्सकलाई बधाई

प्रधानमन्त्रीले दिए चिकित्सकलाई बधाई

बेजोडको आत्मविश्वासले कोरोना जितेको भनाई


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७७, आइतबार

बागलुङ, ७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् । बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न सबैलाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् । ओलीले शनिवारराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उनीसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् । ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन् । ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर र्फेकोमा पनि खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->