आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भीरमौरीको मह निकाल्दा लडेर युवाको मृत्यु

भीरमौरीको मह निकाल्दा लडेर युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७७, आइतबार

बागलुङ, ७ बैशाख– भीरमौरीको मह निकाल्न जंगलमा रहेको भीरमा पुगेका एक युवाको लडेर मृत्यु भएको छ । बागलुङको गल्कोट नगरपालिका–५ का ३३ बर्षिय पुरन रानाको शनिवार राती भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी साथीहरुसँग गल्कोट नगरपालिका –५ मै रहेको कौलेनीको जंगलमा मौरीको मह निकाल्न शनिवार साँझ घरबाट निस्केका थिए । अरु केही युवाहरु घाईते भएको प्रहरी निरिक्षक हेम केसीले बताए । रातको समयमा साबधानी नपनाएका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->