बागलुङ, ७ बैशाख– जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा हावाहुरीसँगै परेको चट्याङले लागेर २ जना घाईते भएका छन् । आईतबार साँझ परेको चट्याङले लागेर बिनामारेको थापाथर गाउँकी अन्दाजी २३ बर्षकी धनीकुमारी थापा गम्भिर घाईते भएकी छन् । उनको होस गुमेकाले उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाईएको त्यहाँबाट जिल्ला समन्वय समिति बागलुङका सदस्य राजु केसीले जानकारी दिए ।
सोही गाउँका अर्का घाईते अन्दाजी २० बर्षिय अर्जुन थापाको भने अवस्था सामान्य छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । हावाहुरीसँगै परेको चट्याङले उनीहरुको घरमा समेत क्षति पुराएको छ । बिनामारेका दर्जन बढी घरमा रहेका बिद्युतका मिटरबक्सहरुमा समेत क्षति पुगेको केसीले बताए ।





