बागलुङ, ७ बैशाख- ज्वरो आएर उपचारका लागि स्वास्थ्य संस्था पुगेका जिल्लाको गल्कोट नगरपालिका–४ का आमा छोराको थ्रोट स्वाब परीक्षण थालिएको छ । एक महिना पहिलेनै भारतबाट आएका उनीहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणको लागि पठाईएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । अमामा ज्वारो देखापरेपछि उनीसँगै बस्दै आएका छोराको पनि कोरोना जाँच थालिएको हो । भरतबाट आएको एक महिना बित्दै गरेकी महिलामा ज्वरो देखिएपछि कोरोनाको आशंकामा जाँचको काम थालिएको हो । अहिले ती महिलाको गलकोट हटिया बजार स्थित इमर्जेन्सी पोलीक्लिनिक हटियामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । दुवै जनाको रिपोर्ट सोमबार आउने गुरौको भनाई छ ।





