आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भिडियो कन्फरेन्सबाटै लायन्सको नयाँ नेतृत्व, अध्यक्षमा शर्मा

भिडियो कन्फरेन्सबाटै लायन्सको नयाँ नेतृत्व, अध्यक्षमा शर्मा


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७७, मंगलबार

बागलुङ, ९ बैशाख – मुलुकमा लकडाउन लागुभएपछि लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले भिडियो कन्फरेन्समार्फत नै आफ्नो नेतृत्व चयन गरेको छ । लायन्सहरुका विचमा सोमवार भएको भिडियो कन्फरेन्सबाट लायन्स वर्ष २०२०-२१ को लागि अध्यक्षमा श्याम प्रसाद शर्मालाई सर्वसम्मत रुपमा चयन गरिएको हो । क्लवका सदस्यहरुविच भिडियो कन्फरेन्स मार्फत भएको चुनावमा शर्माका नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो अध्यक्ष शर्माले बताए ।
क्लवको प्रथम उपाध्यक्षमा गणेशदत्त पौडेल, द्धितिय उपाध्यक्षमा नारायण प्रसाद आचार्य, तृतिय उपाध्यक्षमा विप्लब शर्मा, सचिवमा बलराम गौतम, मेम्मरसीप चियर पर्सनमा गणेश पौडेल, सहसचिवमा दुर्गा केसी, कोषाध्यक्षमा शेखर खडका र उपकोषाध्यक्षमा गणेश प्रसाद शर्मा लगायतको टीम चयन भएको छ । ।
क्लवले आफूलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी दिएको सवैलाई धन्यवाद दिदै आफ्नो कार्यकाललाई स्मरणीय बनाउने गरी काम गर्ने वताए । उनले सदस्यहरुको ब्यक्तित्व विकास सामाजिक कामका लागि विशेष कार्यक्रम सञ्चालन गर्न कोशिस गर्ने वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->