शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङकी युवतीको छैठौं स्वाब परीक्षण नेगेटिभ, डिस्चार्ज हुँदै

बागलुङकी युवतीको छैठौं स्वाब परीक्षण नेगेटिभ, डिस्चार्ज हुँदै


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

बागलुङ, १२ बैशाख -धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षकी युवतीको छैठौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । चौथोपटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले ढोरपाटनलाई जानकारी दिइन् । नेपालको पाँचौ र बागलुङको पहिलो संक्रमित ती युवती निको भएकी हुन् । धौलागिरी अञ्चल अस्पतालले उनलाई शुक्रबार साँझसम्म डिस्चार्ज गर्नको लागि तयारी गरिरहेको छ । लगातार दुईपटकसम्म नेगेटिभ रिपोट आएकाले उनी अब घर जान पाउने भएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->