बागलुङ, १३ बैशाख – चट्याङ लागेर मृत्यु भएकी गल्कोट नगरपालिका-१ दुदिलाभाटीका बिजुली खत्रीको परिवारलाई रु. १ लाख ३० हजार राहत प्रदान गरिएको छ । जिल्ला विपद ब्यवस्थापन समितिले दुदिलाभाटी टोड्केकी मृतक खत्रीको परिवारलाई शनिवार घरमा नै पुगेर सो राहत रकम प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको तर्फबाट रु. १ लाख र गलकोट नगरपालिकाको तर्फबाट रु. ३० हजार गरी रु.१ लाख ३० हजार मृतकका श्रीमान समवहादुर खत्रीलाई प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले वताए ।
राहत प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त मृतकको घरमा नै पुगेका थिए । खत्रीको बैशाख ९ गते परेको चट्याङ लागेर मृत्यु भएको थियो ।





