बागलुङ, १५ बैशाख – जिल्लाको बडिगाड गाउँपालिका-९ बलघासाका १५ वर्षीय किशोरको जुम्रा मार्ने विषादी खादा मृत्यु भएको छ । सोमबार विहान जुम्रा मार्न प्रयोग हुने नुहान नामक विषादी सेवन गर्दा कुल बहादुर थापाका छोरा विशाल थापाको मृत्यु भएको हो । विषादी सेवन गरि विरामी परेका थापालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याईएको थियो । उनको अस्पतालमै मृत्यु भएको हो । विषादी सेवन गर्नुको कारण नखुलेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिए।





