शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

चट्याङ लागेर एकै परिवारका दुई बहिनी घाइते

चट्याङ लागेर एकै परिवारका दुई बहिनी घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७७, मंगलबार

बागलुङ, १६ बैशाख – जिल्लाको बडिगाड गाउँपालिकामा मंगलवार दिउसो परेको चट्याङ लागेर एकै परिवारका दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका-७ मा दिउसो साढे ३ बजे परेको चट्याङले लाग्दा स्थानीय १३ वर्षीय गोमा बुढा र १० वर्षीय गंगा बुढा घाईते भएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । उनीहरु एकै घरका दुई वहिनी हुन् । उनीहरुलाई वडा कार्यालयले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको अध्यक्ष गुरुङले वताए । घाइते एकको अवस्था गम्भीर छ । घट्नाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->