बागलुङ, १६ बैशाख – धार्मिक संस्था सर्वसिद्धिधाम बागलुङ नगरपालिका–६ पञ्चकोटले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलयमा कार्यक्रम गरी मंगलवार २० सेट पिपिई हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका मध्ये १४ सेट टा«फिक प्रहरीले र ६ थान जिल्ला प्रहरी कार्यालयले प्रयोग गर्र्ने छन ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपनि डिउटीमा खटिने प्रहरीको सुरक्षामा अझै समस्या देखिएकाले उनीहरुलाई पिपिई हस्तान्तरण गरेका संस्थाले जनाएको छ । प्रहरी उपरीक्षक नवराज भट्टले व्यक्तिगत सुरक्षा सामग्रीले महामारीको समयमा सुरक्षाप्रदान गर्ने बताउँदै यो पोशाकलाई अनिवार्य रुपमा प्रयोगमा ल्याइने बताए ।
रामानुजाचार्यको १ हजार ४ औ जन्मजयन्तीको अवसरमा सुरक्षामा खटिने सुरक्षाकर्मीलाई सहयोग गरिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले वताए । कार्यक्रम पञ्चकोटका उपाध्यक्ष तथा वानपा–६ का वडा अध्यक्ष खेमराज सापकोटाको स्वागत र सचिव नारायण आचार्यले कार्यक्रमको संचालन गरेका थिए ।





