बागलुङ, १७ बैशाख – बागलुङ नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा उन्नत्ती लघुवित्त वित्तिय संस्थाले रु. एक लाख सहयोग गरेको छ । नगरभित्र रहेका दुई वटा शाखाको तर्फबाट ५०÷५० हजार रुपैयाँ प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
उन्नत्तीका नारायणस्थान शाखाका प्रमुख चन्द्री शर्मा पाठकले रु. ५० हजार र बागलुङ शाखाका कनिष्ठ सहायक अंकिता राईले रु. ५० हजारको चेक बुधवार दिउसो नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरे । पाठक र राईले नगरले सञ्चालन गरेको प्रकोप ब्यवस्थापन कोषमा आफ्नो संस्थाको तर्फबाट पनि सहभागिता जनाउन सो रकम सहगोग गरेको वताए ।
राहत रकमको चेक बुझेपछि नगरप्रमुख पौडेलले दुवै शाखा प्रमुख र संस्थालाई धन्यवाद दिदै उनीहरुबाट प्राप्त भएको रकमबाट बनेको कोषलाई नगरवासीको हितमा उपयोग गरिने वताए ।





