सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पत्रकार महासंघलाई यूनियनले दियो स्वास्थ्य सुरक्षा सामग्री

पत्रकार महासंघलाई यूनियनले दियो स्वास्थ्य सुरक्षा सामग्री


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७७, बिहिबार

बागलुङ, १८ बैशाख – नेपाल प्रेस यूनियनले पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । यूनियनका केन्द्रिय सदस्य दिलिप पौडेलले महासंघका अध्यक्ष दिल शिरीषलाई विहिवार विहान ती सामग्री हस्तान्तरण गरे । १५० थान मास्क र २० वटा स्यानीटाइजर हस्तान्तरण गरेको महासंघका सचिव राम थापाले वताए ।
सो अवसरमा १० थान प्रेस ज्याकेट केन्द्रिय सदस्य पौडेलले यूनियनका जिल्ला सभापति प्रदिप पन्तलाई प्रदान गरे । महासंघलाई प्राप्त मास्क र स्यानीटाइजर कार्यक्रममा उपस्थित पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका निवर्तमान
केन्द्रिय सदस्य हरिनारायण गौतमले वितरण गरे ।
महामारीको समयमा फन्टलाईनमा रहेर रिपोर्टीङ गरीरहेका पत्रकारहरुको सुरक्षामा थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको यूनियनका केन्द्रिय सदस्य पौडेलले वताए । यूनियनबाट महासंघलाई प्राप्त भएका सामग्री सवै पत्रकारहरुलाई वितरण गरिने महासंघका अध्यक्ष शिरीषले वताए । यूनियनका सभापति प्रदिप पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->