बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराको राहत कोषमा सहयोग जुट्ने क्रम जारी

पोखराको राहत कोषमा सहयोग जुट्ने क्रम जारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७७, बिहिबार

पोखरा, १८ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग जुट्ने क्रम जारी छ । राहत कोषमा कास्की आर्दश समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले १ लाख रुपैयाँ सहयोग गरेको छ । परिषद्का वरिष्ठ उपाध्यक्ष डा.सुन्दर पौडेल, कोषाध्यक्ष गणेश पहारी, नेपाल च्याप्टरका संयोजक शोभाकर भण्डारी र नेपाल सहसंयोजक पूजा गिरीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे ।
यस्तै, समुदायमा आधारित पूर्नस्थापना केन्द्र (सिबिआरएस) पोखराले ५० हजार रुपैंयाँ सहयोग गरेको छ । सिबिआरएसका पूर्वअध्यक्ष पुरन कुँवर, कार्यक्रम व्यवस्थापक कृष्ण लामिछाने, गैसस महासंघ कास्कीका अध्यक्ष पदम पहारी र सिबिआरएसका सदस्य झलक राना मगरले पोखरा महानगर प्रमुखलाई रकम हस्तान्तरण गरेका हुन् । महानगरको राहत कोषमा गौरव बचत तथा ऋण सहकारी संस्थाले ३० हजार रुपैयाँ, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीले १५ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । सञ्जालका अध्यक्ष तारामाया थापा मगरको नेतृत्वमको टोलीले महानगर प्रमुखलाई उक्त रकम हस्तान्तरण गरेको हो । महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार, राहत कोषमा जम्मा भएको रकममध्ये ३ करोड १५ लाखको राहत वितरण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->