सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोना कहर : ३२ बर्षमा मातृशिशु स्वास्थ्य क्लिनिक स्थानान्तरण

कोरोना कहर : ३२ बर्षमा मातृशिशु स्वास्थ्य क्लिनिक स्थानान्तरण

गर्भवती महिला तथा नवजात शिशुहरुलाई जोखिमबाट जोगाउन क्लिनिकनै आफ्नै भवनमा रहनेगरी स्थानान्तरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७७, आइतबार

बागलुङ, २१ बैशाख– बागलुङ नगरपालिकाले ३२ बर्षदेखि धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन गरिरहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक जिल्ला विकास समितिको भवनमा स्थानान्तरण गरेको छ । अंचल अस्पताललाई कोरोनाका बिरामीको उपचार गर्ने हबको रुपमा विकास गरिएसँगै नगरले उक्त क्लिनिक आइतबार स्थानान्तरण गरेको हो ।
बागलुङ नगरपालिकाको मातहतमा रहेको पुरानो जिल्ला विकास समितिको भवनमा क्लिनिक स्थानान्तरण गरिएको जनस्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनालले जानकारी दिए । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिला तथा नवजात शिशुहरुलाई जोखिमबाट जोगाउन क्लिनिकनै आफ्नै भवनमा रहनेगरी स्थानान्तरण गरिएको खनालले बताए ।
२०४४ सालमा तत्कालिन जिल्ला अस्पताल रहेकै बेला बागलुङ नगरपालिकाले व्ययभार व्यहोर्नेगरी अस्पतालमा मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालनमा आएको थियो । ‘रोक्न मिल्ने सेवा परेन, कोरोनाका बिरामीको उपचार पनि हुने र गर्भवती तथा नवजात शिशुको आउजाउ धेरै हुँदा जोखिम बढ्ने भएकाले अस्थाई रुपमा क्लिनिक स्थानान्तरण गरियो’ खनालले भने ‘अब पुरानो जिविस भवनबाट स्ुरक्षित सेवा प्रवाह हुन्छ ।’
नयाँ ठाउँमा सञ्चालन गरिएको क्लिनिकबाट पहिलो दिनमै ५५ जना गर्भवतीले सेवा लिएका छन् । क्लिनिकका लागि नगरपालिकाले ५ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ । हप्तामा दुई दिन खोप, दुईदिन गर्भजाँच र बाँकी सबै दिन परिवार नियोजनका कार्यक्रम सञ्चालन हुने शाखाका अहेब डिल्ली आचार्यले बताए । आइतबारदेखी आधारभूत र अत्यावश्यक सेवा प्रबाह गर्नेगरि क्लिनिक सञ्चालनमा आएको उनले बताए ।
स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीसहित सेवामा लाग्न भनिएको छ । अञ्चल अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्न थालेपछि क्लिनिक तीन हप्ता बन्द भएको थियो । क्लिनिकले खोप, प्रसुती र परिवार नियोजन सेवा दिँदै आएको छ । साधारण चेकजाँचका कामले भने सेवाग्राहीलाई क्लिनिक नआउन शाखाले अनुरोध गरेको छ । कोरोना संक्रमित बिरामीहरु उपचारपश्चात घर फर्किएपछि अवस्था सामान्य बन्दै गएको भएपनि भविश्यमा हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै क्लिनिक हस्तान्तरण गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->