सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल लाइफ इन्स्योरेन्सको स्थापना दिवशमा आश्रमलाई सहयोग

नेपाल लाइफ इन्स्योरेन्सको स्थापना दिवशमा आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७७, आइतबार

बागलुङ, २१ बैशाख– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० औं बार्षिकोत्सवको अबसरमा संस्थाको बागलुङ शाखाले मानवसेवा आश्रममा २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।
कम्पनीकै स्वतन्त्र कर्मचारी युनियनको १० औं स्थापना दिवशसमेत पारेर आश्रममा सामान बितरण गरिएको कम्पनीका बागलुङ शाखा प्रबन्धक महेन्द्र गुरुङले बताए । कोरोना भाइरसको संक्रमणको अबस्था भएकोले अन्य कार्यक्रम गर्न नसकिएको भन्दै कार्यक्रम खर्चबाट आश्रममा अत्यावस्यक पर्ने सामग्री दिइएको हो ।
कम्पनीको तर्फबाट गुरुङ, सिनियर एजेन्सी म्यानेजर युक्तजंग राजभण्डारी र इन्दिरा भुषाल लगायतले सामग्री आश्रमकी संचालिका सुमिरा लामालाई हस्तान्तरण गरेका थिए । आश्रमका लागि ९६ थान फिनेल, ४८ थान सेनीटरी प्याड, ४८ थान बेबी डाइपर्ट, २० थान अम्रिसो कुचो, २० थान सिन्केझाडु र १ थान फोहोर बकेटसमेत दिइएको हो ।
उक्त अवसरमा लामाले आश्रमका लागि अत्यावस्यक सामग्री दिएकोमा कम्पनीलाई धन्यवाद दिइन् । पेशागत अभिकर्ता संघका सल्लाहकार दिपक सापकोटाको संचालन, युक्तजंग राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा शाखा प्रबन्धक गुरुङले बीमाको आबस्यकताबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->