बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संघिय सांसद केसीद्वारा मानव सेवा आश्रमलाई सहयोग

संघिय सांसद केसीद्वारा मानव सेवा आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७७, शनिबार

पोखरा, २७ बैशाख– प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम पोखरालाई एक लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । कोभिड–१९ संक्रमणका कारण नेपालमा समेत लकडाउन जारी रहेकोले समाजसेवी एवं उद्योगपतिसमेत रहेका केसीले आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालाई शनिबार सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । उनले यसअघि पनि आश्रमलाई ३ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।
विपत्मा दुःखी गरीबलाई सहयोग गर्नु आफैमा पुण्य कर्म भएकोले सहयोग गरेको केसीले बताए । मानसिक सन्तुलन गुमाएका, सडकपेटीमा बस्नेहरु, परिवारबाट अपहेलित तथा असहायहरुको निम्ति आश्रयस्थल बन्दै आएको मानव सेवा आश्रमले पोखराको छोरेपाटनमा २ वर्षअघि शाखा संचालन गरेको हो । आश्रमले हालै हेमजामा पनि शाखा संचालन गरेको छ । दुवै शाखामा १ सय ११ जना आश्रित छन् । आश्रम संचालनपछि पोखरा क्षेत्रका ३ सय जनालाई सडकबाट उद्धार गरिएकामध्ये १ सय २५ जनालाई पारिवारिक पुर्नमिलन गराउन सफल भएको आश्रमका गण्डकी प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिए । लकडाउनकै समयमा ९ जना मानिसलाई उद्धार गरी आश्रम लगिएको तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->