बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमु धिं नेपालले दियो महानगरको राहत कोषलाई सहयोग

तमु धिं नेपालले दियो महानगरको राहत कोषलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७७, शनिबार

पोखरा, २७ बैशाख– तमु धिं नेपालले पोखरा महानगपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ । कोरोना भाइरसले मुलुक डेढ महिनाअघिदेखि लकडाउन भइरहेको अवस्थामा तमु धिं नेपालले पोखरा महानगरको विपद व्यवस्थापन कोषमा शनिबार सहयोग हस्तान्तरण गरेको हो । तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वको टोलीले महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई पोखरालाई कोरोना भाइरसरहित क्षेत्र बनाउन सहयोगस्वरुप चेक हस्तान्तरण गरेको हो ।
तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कोरोनाको कहरमा स्थानीय सरकार पोखरा महानगरपालिकालाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बताए । यसअघि तमु धिं नेपाल र क्षेत्रीय तमु समाजहरुको तर्फबाट गण्डकी प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिसकिएको छभने क्षेत्रीय तमु समाजहरुले आफ्नो समाजभित्र र क्षेत्रमा समस्यामा परेकाहरुलाई राहत वितरणसंगै सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->