बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नग्न अवस्थामा ड्रोन उडाउने ३ चिनियाँ पक्राउ

नग्न अवस्थामा ड्रोन उडाउने ३ चिनियाँ पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७७, आइतबार

पोखरा २८ वैशाख– पोखराको फेवातालमा आफुखुशी डुंगा लगि नग्न अवस्थामा ड्रोन उडाउने ३ जना चिनियाँ पर्यटकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा ६ बैदाममा रहेको तालबराही मन्दिरमा चिनियाँ पर्यटकले आफुखुशी डुंगा लगि पौडी खेल्दै ड्रोन उडाएका थिए । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धि बहादुर पुरी नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने तीनैजना पर्यटक पुरुष रहेको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ६१ वर्षिय हाङ यु, २८ वर्षिय उ ह्वाङ र ३६ वर्षिय यङ हेन्यु रहेका छन् ।
फेवातालमा पुरुषको शव फेला
पोखरामा रहेको फेवातालमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । पोखरा–६ लेकसाइडस्थित हल्लनचोकदेखी करिब एक सय मिटर तल तालमा तैरिरहेको अवस्थामा पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोलाको शव फेला परेको हो । उनको शव पोस्टमार्टमका लागि पोखरा बिज्ञान प्रतिस्ठान तथा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->