बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सीमा नाकामा कडाई गर्न कास्कीका पाँच राजनीतिक दलको माग

सीमा नाकामा कडाई गर्न कास्कीका पाँच राजनीतिक दलको माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७७, बिहिबार

फाइल फोटो
पोखरा, १ जेठ – कास्कीमा क्रियाशिल पाँच राजनीतिक दलहरुले भारतबाट नेपाली भूमि अतिक्रमित भइरहँदा पनि सरकार वक्तव्यबाजीमा मात्रै उत्रिएको र कुटनीतिक श्रेष्ठता कायम गर्न नसकेको ठहर गरेका छन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल नेकपा (माओवादी) कास्कीको बिहीबार बसेको बैठकले देशका सर्वसाधारण नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्योपचार सेवा लिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने योजना अव्यवहारिक भएकोले विकल्प खोज्न, स्थास्थ्यकर्मीका लागि गुणस्तरीय पीपीई व्यवस्था गर्न र कोरोना परिक्षणको दायरा तत्काल बढाउन माग पनि गरेको छ ।
यसैगरि बैठकले सर्वदलीय संयन्त्रमार्फत् राहत वितरण गर्न, शिथिल वन्दै गएका पर्यटन व्यवसाय, उद्योग व्यवसाय कलकारखाना, कृषी, शिक्षाका लागि प्रोत्साहन प्याकेज ल्याउन, एसईईलगायत शैक्षिक गतिविधिप्रति गम्भीर बन्न तथा विपद्को बेला राजनीतिक दल र नागरिक समाजलाई सँगै लिएर हिँड्न सरकारसँग आग्रह गरेको छ ।
बैठकपछि संयुक्त रुपमा जारी विज्ञप्तिमा पछिल्लो समय विभिन्न नाका हुँदै अपरिचित एवं शंकास्पद व्यक्तिहरुको प्रवेश एकाएक बढिरहेको जिकिर गर्दै कास्की जिल्ला प्रवेश नाकामा कडाई गर्न सरकारसँग अनुरोध पनि गरिएको छ । विज्ञप्तिमा नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, जनता समाजवादी कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङ,नेकपा मसालका कास्की प्रवक्ता चन्द्रबहादुर केसी,राष्ट्रिय जनमोर्चा कास्की कोषाध्यक्ष विष्णु पुरी र नेकपा ९ माओवादी ० कास्कीका सचिव कर्णबहादुर पुन‘परेश’ले हस्ताक्षर गरेका छन् । बैठक नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->