बागलुङ, ४ जेठ – बागलुङको गलकोट नगरपालिकाका १ सय ९ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणको लागि शनिवार पोखरा पठाइएको छ । गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका १०९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । गुरौका अनुसार, संक्रमितको सम्पर्कमा आएका ८ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ४ सुरक्षाकर्मी, १ पत्रकार, ५ जना बैंक तथा वित्तिय संस्थाका कर्मचारी र अन्य ८७ सर्वसाधारण गरी १ सय ९ जनाको स्वाब संकलन गरी शनिबार नै प्रादेशिक प्रयोगशाला पोखरा पठाईएको छ । स्वाब संकलन गरिएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको गुरौले बताए ।





