पोखरा, ४ जेठ– यता पो गर्ने कि ? पोखरा सभागृहको निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । सदनको वर्खे अधिवेशन कहाँ गर्ने भन्ने अन्यौलता हुँदा आइतबार उनले अधिवेशनको लागि सम्भावित ठानिएको पोखरा सभागृहको अवलोकन गरेका हुन् । पोखराको नदीपुरमा रहेको प्रदेशसभा भवन सानो भएको र कोरोना कहरका बीच त्यहाँ बैठक असम्भव भएपछि वर्खे अधिवेशनको लागि नयाँ ठाउँ खोज्न थालिएको हो । असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता रहेकाले कम्तिमा जेठको १५ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्छ । सामाजिक दूरी कायम गर्दै अधिवेशन गराउने उपयुक्त स्थल सभागृह नै हो ।






