बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रगतिटोलका ४० विपन्न परिवारलाई राहत वितरण

प्रगतिटोलका ४० विपन्न परिवारलाई राहत वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

पोखरा, ५ जेठ– पोखरा महानगरपालिका–२९ प्रगतिटोलका ४० विपन्न परिवारलाई सोमबार राहत वितरण गरिएको छ । कास्की पोखरा आदर्श समाज क्युशु जापानका अध्यक्ष पुष्प पौडेलको सक्रियतामा संकलित रकमबाट संस्थाका उपाध्यक्ष पदम कुमारी सुवेदीको उपस्थितिमा वडासदस्य निर्मला पौडेलले राहत वितरण गरेकी हुन् ।
प्रगतिटोलमा बसोबास गरिरहेका अति विपन्न, गरीब, अपाङ्ग, सुत्केरी तथा दैनिक ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गरिरहेकाहरुसहित नर्मदेश्वर मोक्षाश्रमलाई १ बोरा गरी २६ बोरा चामल वितरण गरिएको छ । प्रगतिटोलमा मात्रै ४०० घरधुरी रहेका र अझै थुप्रै परिवारलाई राहतको खाँचो रहेको टोल विकास संस्थाका अध्यक्ष धर्मदत्त पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->