सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बरेङले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको बिमा गरिदिने

बरेङले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको बिमा गरिदिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७७, बुधबार

बागलुङ, ७ जेठ– बागलुङको बरेङ गाउँपालिकाले कोरोना कहरका बीच अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा कार्यक्रम संचालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना संकटको समयमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरुको आत्मबल बढाउनको लागि गाउँपालिकाले १ लाख बराबरको कोरोना बीमा कार्यक्रम संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए । कोरोनाको महामारीमा जोखिम मोलेर बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीहरुलाई कामप्रति उत्तरदायि बनाउन बिमा कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->