`

साउनसम्म २७ हजार जनाको पीसीआर परीक्षण गरिने

  • कोरोना कहर तत्काल नहट्ने आंकलनमा गण्डकी सरकार

    • ढोरपाटन संवाददाता
    • शनिबार, जेष्ठ १०, २०७७

    पोखरा, १० जेठ– गण्डकी प्रदेश सरकारको आउँदो साउनसम्म विदेशबाट आउने २७ हजार जनाको पीसीआर (पोलिमरेज चेन रियाक्सन ) परीक्षण गर्ने लक्ष्य लिएको छ । गण्डकी प्रदेश सरकारको यो लक्ष्यले आउँदो साउनसम्म पनि कोरोना संन्त्रासबाट मुक्ति नपाइने संकेत पनि गरेको छ ।
    ‘गण्डकी प्रदेशका २४ लाख ३ हजार ७ सय ६१ जनासंख्यामध्ये भारतबाट कति आउँछन्,बाहिरबाट कति हुन्छ अनुमान गरेका छौँ’, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका छन्,‘जेठ, असार र साउन महिनाको बृहत योजना बनेको छ । जेठ महिनाभित्र ९५८७ आउने ( प्रदेशमा ) अनुमान गरेका छौँ ।’ उनले त्यही अनुपातमा असार र साउनमा पनि गण्डकीमा विदेशबाट नागरिक भित्रने अनुमान गर्दै साउनसम्म करिब २७९२९ जना पिसिआर टेष्ट गर्ने योजना सुनाएका हुन् । मुख्यमन्त्री गुरुङ बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकबारे जानकारी दिँदै थिए । उनले बाहिरबाट आउनेको मात्रै नभएर यहाँ अग्रपंक्तिमा रहने सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी गरि ११ हजार ५ सय पाँच जनाजतिको पीसीआर परीक्षण गरिने पनि जानकारी दिए । उनले पीसीआर केही संघीय सरकारबाट आए पनि बाँकीको प्रदेशले नै व्यवस्था गर्ने तयारी गरेको पनि बताए । ‘पीपीई ११ सय जति , आरडिटी १८ हजार १८ हजारजति चाहिने भनेका छौँ’,उनले भने,‘ यसको लागि १२ करोड ८८ लाख २० हजार ८ सय ८२ खर्च हुने अनुमान गरेका छौँ , त्यो तीन महिनाको लागि हो ।’
    अब भारतीय नाकाबाट नेपाल भित्रिएकाहरुलाई राम्दी,दाउन्ने,मुग्लिङलगायतका नाका व्यवस्थित गरिएको र सम्बन्धित जिल्लासम्म नागरिकलाई पु¥याउने र आएकाहरुको पीसीआर टेष्ट गर्ने व्यवस्था मिलाइएको उनले बताए । जिल्ला पुगेका नागरिकको त्यहीँ गठित संकट व्यवस्थापन समितिले नै व्यवस्थापन गर्ने उनले बताए । क्वारेण्टिनमा कसरी राख्ने र गण्डकीलाई कसरी ग्रिनजोनमा राख्ने भन्नेबारे सरकार गम्भीर भएको मुख्यमन्त्रीले बताए । उनले गण्डकी प्रदेशमा निर्माण, कृषि निर्माण सामग्री र उद्योगका कच्चा पदार्थको सहज आपूर्ति गराउने , जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् गरिने जानकारी पनि दिए ।
    यसका लागि हार्डवयर, कृषिका पसलहरु ११ बजेदेखि दिउसो १ बजेसम्म खोल्ने तयारी गरिएको तथा वकास निर्माणका कामको सहजिकरण प्रदेश सिएमसीले गर्ने व्यवस्था मिलाउने जानकारी दिए । यसको लागि प्रदेशभन्दा बाहिरका जिल्लाका सिडियो वा त्यहाँका मुख्यमन्त्री वा मन्त्रीसँग समकक्षीले नै समन्वय गर्ने निर्णय भएको छ । उनले ढुवानीको गाडीमा मान्छे ल्याइएमा ड्राइभरलाई कारबाही गर्ने र गाडी रोकिने पनि बताए ।
    यसअघि मुख्यमन्त्री गुरुङले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रममा समावेश गरिने र उद्योगी÷व्यवसायीहरुको लागि इन्टरप्राइजेज सर्भाइभल फण्ड बनाउने कि भन्ने तयारी भएको जानकारी गराइसकेका थिए । प्रदेश सरकारको यो पटकको नीति तथा कार्यक्रममा कोरानाविरुद्ध कसरी लड्ने, कसरी रोकथाम गर्ने , त्यसपछि निर्माण र उत्पादनको काम हो, खेतिपातीलाई कसरी व्यवस्थि तगर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएको उनको भनाई थियो ।
    ‘पहिलो प्राथमिकता भनेको कोभिड–१९ को रोकथाम र उपचार नै हो, त्यससँग जोडिएर आएको स्वास्थ्यका पूर्वाधार हुन् । गएको दुईवर्षदेखि हुँदै आएको खानेपानी, एक घर एक धारा हामीले परिवर्तन गर्न सक्दैनौँ’, उनले भनेका छन्,‘ प्रदेशको राजधानी पोखराबाट प्रदेशका सबै स्थानीय तहसम्म पिचबाटो पु¥याउने योजनाबाट हामी हात झिक्न सक्दैनौं , सिंचाईको काम,उज्यालो प्रदेश गण्डकी प्रदेश अभियानअन्तर्गत सबैको घरमा उज्यालो पु¥याउने र सबै काठेपोल बिस्थापित गर्ने कार्यक्रमबाट हात झिक्न सक्दैनौँ । ’ उनले वातावरण मैत्री, जलवायु मैत्री मुख्यमन्त्री कृषि परियोजना,होमस्टेका कार्यक्रम पनि यथावत् रहने संकेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology