पोखरा १२ जेठ सेती नदीमा माछामार्ने क्रममा डुबेर बेपत्ता भएका अमृत मगरको शव ४६ दिन पछि भेटिएको छ ।
लकडाउनको समयमा पोखराको बगरमा रहेको पृथ्वीनारायण क्यापस तल सेतीमा माछामार्ने क्रममा पोखरा–१६, दीप बस्ने २४ वर्षीय अमृत चैत्र २८ गते बेपत्ता भएका थिए । अमृत सहित ३ जना साथी मिलेर नदीमा माछा मार्न जादा अमृत बेपत्ता भएका थिए । बेपत्ता भएका उनको शव सशस्त्र प्रहरीको गोताखोर टोलिले खोजी गरेपनी भेटेको थिएन । उक्त क्षेत्रमा फोहोर र जाल भएको हुदा खोजीकार्यमा निकै समस्या भएको थियो । उनको शव बेपत्ता भएकै स्थानमा तैरीरहेको अवस्थामा भएटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
चैत्र २८ गते माछा मार्न गएका उनिहरुले उक्त स्थानमा राम्रो माछा पर्ने भन्दै बोराभित्र पानी तथा पिय पदार्थको बोतल राखी डुङ्गा बनाइ माछा मार्न पुगेका थिए । अमृत पोखरा नगरबसका सहचालक हुन ।
उनको शव पोस्टमार्टमको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।





