बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सभासद बरालले सोधे,‘खै एयरकण्डिसन ?’

सभासद बरालले सोधे,‘खै एयरकण्डिसन ?’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०७७, मंगलबार

पोखरा, १३ जेठ– गण्डकी प्रदेशसभा सभासद रामजी बराल ६ दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा बसे । आद्राको हर्नियाको शल्यक्रियापछि उनले अस्पतालको सेवालाई नजिकबाट नियाल्ने अवसर पाए । त्यहाँको भौतिक पूर्वाधारको अवस्था पनि देखे ।
मंगलबार अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद मात्रै दिएनन्, गुनासोको पोको पनि फुकाए । उनको ठूलो गुनासो शल्यक्रियापछि राखिने पोष्टअपरेटिभ वार्डमा एयरकण्डिसन नभएकोप्रति थियो ।स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्षसामु उनले प्रतिष्ठानमा अझै पनि पुरानै सामान र लत्ता कपडा सहितको बस्तुहरु हुँदा उपचार गर्न जाने बिरामीहरुलाई नकरात्मक प्रभाव पार्ने भएको सभासद बरालले गुनासो गरे ।
सभासद बरालको गुनासो सुनेपछि डाक्टरहरुले आम जनताको स्वास्थ्यमा पहुँच पु¥याउन पनि सामुदायिक अस्पतालमा अत्यावश्यक स्वास्थ्य उपकरण व्यवस्था गरिदिन सांसद बराल समक्ष आग्रह गरेका थिए । त्यहाँ रहँदा सभासदसँग सेवाग्राहीहरुले प्रतिष्ठानलाई कोरोना बिषेश अस्पताल बनाउन दिन नहुने माग गरेका थिए । उनीहरुले सामान्यतया ः सुत्केरीको शल्यक्रियामार्फत् शिशु जन्माउदा सामुदायिक अस्पतालमा खासै खर्च नहुने तर अन्य निजी अस्पतालमा भने एक लाखजसो खर्च हुने गरेको उदाहरण दिँदै कोरोनाको नाममा अन्य सेवा प्रभावित नगर्न आग्रह गरेका हुन् । प्रतिष्ठानमा आवश्यक जग्गा, भवन, दक्ष चिकित्सकसहितको टोली भए पनि आवश्यक पर्ने स्वास्थ्य उपचरणको अभावमा धेरै बिरामीहरु पोखरा बाहिर जानुपर्र्ने बाध्यता भएको डाक्टर सुरेश थाापले बताए । सांसद बराल मंगलबार हाल आफ्नो डेरा पोखराको शिवालयचोकमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->