शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित

म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

पोखरा, १५ जेठ – गण्डकी प्रदेशको म्याग्दी जिल्लामा विहिवार साँझ एक जना कोरोना संक्रमित भेटिएका छन् । बेनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । उनी ३० बर्षिय पुरुष हुन् । उनलाई सदरमुकामकै आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको छ । विहिवार विहान स्याङजामा ३ जना र नवलपुरमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । ती मध्ये २ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->