शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तनहुँका २ पुरुषमा कोरोना पुष्टि

तनहुँका २ पुरुषमा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७७, शुक्रबार

पोखरा, २३ जेठ – गण्डकी प्रदेशको तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । दुवै संक्रमित गाउँपालिकाको क्वारेन्टाइनमा रहेको र तनहुँ अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । तनहुँमा आज भेटिएका २ सँँगै संक्रमितको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->