बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सत्तापक्षको ताली, विपक्षीको गाली ?

सत्तापक्षको ताली, विपक्षीको गाली ?


  • श्याम राना मगर
  • जेष्ठ २३ २०७७, शुक्रबार

पोखरा, २३ जेठ -गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा गण्डकी प्रदेशसभामा सत्तापक्ष र विपक्षी दलका नेताहरुबिच रोमाञ्चक घोचपेच चल्यो । नीति तथा कार्यक्रमाथि ठोस निर्णय राख्नुभन्दा बढी सांसदहरु एकअर्कालाइ घोचपेच गर्नमै बढी केन्द्रित रहें ।
नीति तथा कार्यक्रमाथि बोल्ने उपक्रम सकिएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदहरुले राखेका जिज्ञासाको बिहीबार जवाफ दिए । ‘यहाँ छलफलको क्रममा धेरै माननीय ज्यूहरुले महत्वपूर्ण प्रश्न उठाउनु भएको छ,’ उनले भने, ‘जिज्ञासाहरु राख्नु भएको छ, सुझाव पनि राख्नु भएको छ, आलोचना पनि गर्नु भएको छ, टिप्पणी गर्नु भएको छ ।’
प्रतिपक्षले राखेका जिज्ञासाको स्वागत गरेको बताउँदै मुख्यमन्त्री गुरुङले संसदको संस्कार नै परिवर्तन हुने डर बढेको बताए । ‘हामी सबैलाई डर पनि लागेको छ,’ उनले भने, ‘सत्तापक्ष भनेपछि सबै कुरा राम्रो गर्नुपर्ने, प्रतिपक्ष भनेपछि खोजिखोजी तथ्यहिन कुरा बोलि राख्नुपर्ने ?’
मुख्यमन्त्री गुरुङले आमनागरिक सामु पु¥याउनको लागि लाइभ टेलिकास्ट गरे पनि दुरुपयोग गरिएको जिकिर गरें । नागरिकलाई सुनाउनकै लागि अवास्तविक कुराहरु संसदमा सुनाइएको उनले सुनाए । ‘आफ्रूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधिले के कुरा बोलेको छ, के काम गरेको छ भन्ने कुरा, प्रत्यक्ष रुपमा उसले देख्न पाउने, सुन्न पाउने कुरा प्रजातन्त्रको मुलभुत मर्म भन्ने लाग्छ,’ उनले भने, ‘तर, त्यसलाई हामी कहिलेकाहीं दुरुपयोग गर्दिन्छौं । सार्वजनिक खपतको लागि चर्काचर्का, अवास्तविक कुराहरु, जसलाई हामीले सुनाउन खोजेको हो तिनीहरुलाई आनन्द आउने, तिनीहरुले वाहवाही गर्ने कुरा हामीले बोली रहेका हुन्छौं ।’ यस्ता किसिमका प्रवृति प्रजातन्त्रमाथिको प्रहार भएको उनले जिकिर गरें । सांसदहरुलाई तथ्यमा बोल्न उनले निर्देशन दिए ।
आफ्नो प्रशंसा मात्र चाहने शासक पतनको बाटोमा जाने बताउँदै मुख्यमन्त्री गुरुङले सकारात्मक आलोचना र विरोध पनि सहर्ष स्वीकार गर्न गण्डकी प्रदेश सरकार तयार रहेको सुनाए । ‘विरोधलाई स्वीकार गरेर, आलोचना स्वीकार गरेर, सुझाव टिप्पणीलाई मनन गरेर अगाडि बढ्न सक्यौं भने हामी सबैको लागि राम्रो हुन्छ,’ उनले थपे, ‘हामी सफलतामा पुग्छौं । लोकतन्त्रको मुलभुत कुरामा कहिं कतै जनताको विश्वास प्राप्त सरकार चिप्लिएको छ भने खबरदारी गर्ने कुरा, त्यो ठाउँबाट उम्केर सही दिशातिर जाने कुरा धेरै महत्वपूर्ण कुरा हो ।’ त्यसको लागि सबैको आलोचना र सुझाव सल्लाहको स्वागत गर्ने समेत उनले सुनाए ।
लोकतन्त्रका मुलभुत मान्यता र सिद्धान्तबाट विचलित भएर मौलिक हक र मानव अधिकारको विषयबाट टाढा भागेर जनताको विश्वासघात गरेर लोकतन्त्रमा विश्वास गर्ने सरकार दायाँबायाँ नजाने भन्दै उनले प्रतिबद्धता व्यक्त गरें ।
कोभिड १९ रोकथाम र नियन्त्रणको विषयमा धेरै प्रश्न उठेको उनको भनाई छ । ‘अहिले कोभिडको बारेमा धेरै प्रश्नहरु उठेको छ,’ उनले भने, ‘यो प्रदेश सरकार कहाँ छ ? यो प्रदेश सरकार के हेरिराछ ? मान्छेहरु आत्महत्या गर्न थाले ?’ तर, गण्डकी प्रदेशमा कसैले आत्महत्या नगरेको समेत उनले दाबी गरें । क्वारेन्टाइन, आइसोलेसन र डेडिकेटेड अस्पताल कतै पनि आइसोलेसनमा आत्महत्या नगरेको उनले प्रष्ट पारे ।
छैटौं अधिवेशनको सुरुवाती बैठकमा मुख्यमन्त्री गुरुङले मुक्तिनाथले प्रदेशबासीको रक्षा गर्ने अभिव्यक्तिप्रति विपक्षी सांसदहरुले चर्को आलोचना गरेपछि आफ्नो भनाईबारे मुख्यमन्त्रीले स्पष्टिकरण नै दिए । उनका अनुसार एक जना सांसदले प्रदेश सरकारले कोरोना रोकथामको लागि कुनै पहल नथालेको आरोप लगाएर मुक्तिनाथले बचाउने बताएपछि त्यसको बदलामा स्पष्टिकरण दिएको बताए । ‘मेरो भनाईको तात्पर्य के हो भने, हामी विश्वास गछौंै होला मुक्तिनाथप्रति, मनकामनाप्रति, विन्ध्यवासिनीप्रति,’ उनले भने, ‘हाम्रो प्रदेश धार्मिकस्थल, पीठहरुको प्रदेश हो, यसमा हामीलाई विश्वास छ । तर, आज कोरोनाको आक्रमणबाट जीवन बचाउने कुुरा हाम्रो प्रत्यत्नबाट मात्रै सफल हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->