शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७७, आइतबार

पोखरा, २५ जेठ – आइतवार विहानै बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । नयाँ संक्रमितहरु बागलुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् । स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् । गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । नवलपुरका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->