बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सेवा आश्रमको भवन शिलान्यास

सेवा आश्रमको भवन शिलान्यास


  • Dhorpatan News
  • जेष्ठ २६ २०७७, सोमबार

(कुन देवपुरीमा जाने हो : मानव सेवा आश्रमको भवन शिलान्यास गर्न जाँदै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । भवन शिलान्यास हुँदै गर्दा हेम्जामा पानी परिरहेको थियो ।      फोटो सौजन्य :मानव सेवा आश्रम )

पोखरा, २६ जेठ – मानव सेवा आश्रम असहायहरुको सेवा गर्ने संस्था हो । सडकमा अलपत्र परेकादेखि आफन्त नभएकाहरुलाई आश्रय दिएर यसले वाहवाही कमाएको छ । सेवा भाव अनि ठूलो मन भएकाहरुको सहयोगले चल्ने यो संस्थाको पोखरा महानगरपालिका–१५, हेम्जामा आफ्नै भवन बन्ने भएको छ । प्रदेशस्तरीय भवनको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । मानव सेवा आश्रमले सहयोगापेक्षी ९बेसहारा, अशक्त, असहाय,अनाथ,सडक आश्रित मानवहरुको सेवा गर्दै आएको छ । भवनको लागि ऋषि सापकोटा र मोतीबहादुर थापाको परिवारले जग्गा उपलब्ध गराएको हो ।

भवनको लागि गण्डकी प्रदेश सरकारले १ करोड २५ लाख रकम विनियोजन गर्ने घोषणा गरेको थियो । ‘यो वर्ष प्रदेश सरकारको तर्फबाट १ करोड २४ लाख छुट्याइएको छ । आगामी वर्ष अझ धेरै छुट्याउने योजना थियो तर कोरोनाको कहरले परिस्थिति प्रतिकुल बनेको छ’, मुख्यमन्त्री गुरुङले भने,‘ “आश्रमको भौतिक संरचना निर्माणको जिम्मा प्रदेश सरकारले लिन्छ ।’ उनका अनुसार मानवसेवा आश्रमका लमजुङ र गोरखा शाखाको लागि पनि ५०÷५० लाख छुट्याइएको उनले जनाए । बागलुङको लागि भने जग्गा प्राप्तिपछि मात्रै रकम विनियोजन हुने उनको भनाई थियो । मानव सेवा आश्रमको १४ जिल्ला र १९ वटा सेवा केन्द्रहरुमा ११ सय जना तथा पोखराको छोरेपाटनमा मात्रै १२७ जना रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->