सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोना जितेका बागलुङका ४ युवा अस्पतालबाट डिस्चार्ज

कोरोना जितेका बागलुङका ४ युवा अस्पतालबाट डिस्चार्ज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७७, बुधबार

बागलुङ, २८ जेठ– अस्पताल भर्ना भएको १५ दिनमा बागलुङका चार युवाले कोरोना जितेका छन् । जेठ १४ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका ती युवा बुधबार डिस्चार्ज भएका हुन् । बुधबार आइसोलेसन व्यवस्थापन सम्बन्धि जारी भएको निर्देशिकाअनुसार, उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको र आइसोलेसन बसाई १४ दिन पुगेकाले डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए ।
निको हुनेमा तमानखोला गाउँपालिका वडा नं. ३ का दुई र बडिगाड गाउँपालिका वडा नं. ६ र ७ का एक/एक जना रहेका छन् । जेठ ९ गते गाउँ पुगेर १३ गतेसम्म क्वारेन्टाइनमा बसेका ती युवाहरु १४ गते कोरोना संक्रमण पुष्टी भएर अस्पताल आएका थिए । डिस्चार्ज हुनेमा बडिगाड ६ का बिबेक बिक र र ७ का अनिल बोक्तेल छन् । तमानखोलाका वडा नं. ३ का रोहित बुढा र गोबिन्द बुढा पनि बुधवारै डिस्चार्ज भएका हुन् । कोरोना निको भएका चारजना युवालाई अझै एकसाता होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ । लक्षण नदेखिएकोले उनीहरुबाट सर्ने संभावना नभए पनि सुरक्षित अवस्थामा रहन चिकित्सकले सुझाव दिएका छन् ।
डिस्चार्ज भएका चारैजना चार महिनाअघि मात्रै रोजगारीका लागि भारत गएका थिए । तीमध्ये रोहित बुढा शिक्षण पेशा छाडेर भारत गएका हुन् भने अन्य तीन जना बेरोजगार थिए । रोजागरीको खोजीमा भारत पसेपनि उनीहरुले रोजगारी पाउन सकेनन् । भारत गएको दोश्रो महिनामै कोरोना संक्रमण फैलिएपछि उनीहरु नेपाल फर्केका हुन् । निको भएका तमानका २७ बर्षका र २० बर्षका छन् । उनीहरु पढाई पुरा गर्न नसकेपछि भारतमा रोजगारीका लागि गएका थिए । गत फागुनमा भारत गएका उनीहरु पनि रोजगारीको खोजी गर्न नपाउ“दै स्वदेश फर्कन बाध्य भएका थिए । उनीहरुलाई पालिकाहरुले खर्च गरेर गाउ“ ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->